Wednesday, 3 February 2016

गजल


पीर  पाल्ने  हैन  धेरै
जिन्दगानी छैन धेरै

साथ लाग्ने साथ  खोजी
लड्न   लागे  नैन  धेरै

चारदिन्को जिन्दगीमा
मिल्न गाह्रो  चैन  धेरै

छिद्र टाल्ने यो दिलैको
छैन  साथि  मैन  धेरै

सास फ्याकी जान लागें
साथ  उन्को  भैन  धेरै

Thursday, 14 January 2016

कक्षा ११ को नतिजा सार्वजनिक, ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण

भक्तपुर,  पुस ३० - उच्च माध्यामिक शिक्षा परिषद् सानोठिमीले बिहीबार कक्षा ११ को परीक्षाफल सार्वजनिक गरेको छ । परीक्षामा ४९ दशमलव २० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षामा नियमित तर्फ २ लाख ४३ हजार ७ सय ३१ जना परीक्षार्थी रहेकोमा १ लाख १९ हजार ९ सय १६ जना परीक्षार्थी उत्तीर्ण भएको परिषद्का उपाध्यक्ष डा. चैतन्य शर्माले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये ४ जनाको परीक्षा स्थगित गरिएको छ भने ६१ जनाको परीक्षाफल रद्ध गरिएको छ ।
आंशिक तर्फ भने १ लाख २६ हजार ९ सय ३० जना परीक्षार्थी सहभागि भएकोमा ४३ हजार ९८३ अर्थात ३४ दशमलव ६५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको उहाँले जानकारी दिनुभयो । परीक्षार्थी मध्ये ५ जनाको परीक्षा स्थगित गरिएको छ भने ३५ जनाको परीक्षाफल रद्ध गरिएको छ । एक विषयमा अनुत्तिर्ण भएकाले आगामी माघ २९ गते मौका परीक्षा दिन पाउने भएका छन् । गतवर्ष भने ४७ दशमलव २७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएकोमा यसवर्ष उत्तीर्ण प्रतिशत बढेको शर्माले जानकारी दिनुभयो । 
परीक्षा भएको ६ महिना पछि बल्ल कक्षा ११ को नतिजा सार्वजनिक गरेको हो । परीक्षा भएको ९० दिन भित्र नतिजा सार्वजनिक गर्नु पर्ने नियम भएपनि ६ महिना ढिलो नतिजा सार्वजनिक भएको छ । कक्षा ११ को परीक्षा गत असार १ गतेदेखि भएको थियो । भूकम्पका कारण रोकिएको सात जिल्लाको परीक्षा भने असार २४ गतेदेखि भएको थियो । 
विद्यार्थीले परीक्षाफल उज्यालोले गरेको एसएमएस व्यवस्थाबाट पनि थाहा पाउन सक्नेछन् । यसका लागि अंग्रेजी अक्षरमा एचएसइबी (HSEB) लेखि खाली ठाउँ छाडेर आफ्नो सिम्बोल नम्बर लेखि ५५६६ मा पठाउनुपर्नेछ ।

Friday, 8 January 2016

गजल

गजल

भेट्ने मन थियो तिमीलाई दोबाटो मा जहिले ।
धेरै राम्री  देख्न  थाले  पहिले  भन्दा  अहिले ।

हाम्रो माया प्रिती थियो चखवा को जोडी जस्तै ।।
किन  टाढा टाढा हुुुन्छै  नजिक हुुुन्छै  कहिले ।।

अन्जानमा कुनै केही  गल्ती गरे कन्नी मैले ।
बाचा कसम बिस्यौ कित खाएका ती पहिले ।

तिम्रो खेतको आली आली दैडिएर लडेको त्यो ।।
संझनामा छ कि कालु बिर्सि सक्यौ उहिले ।।

Wednesday, 9 December 2015

गजल

गजल

 Gajal

Sunday, 29 November 2015

मुक्तक

तिमी टाढा रहेकै हौ कि ।
मलाई छाडेर गएकै हौ कि ।
एक्लो महसुुस भएको छ मलाई ।
सोच्छु कतै अर्कैकि भएकै हौ कि


Pramod gautam

Saturday, 28 November 2015

तिमी वाहेक

तिमी वाहेक कोही छैन मेरो साहारा
नजाउ माया मलाई छाडी तिमी टाढा टाढा

तिमी हुदाँ पिर व्यथा सवै भुल्ने गर्छु
तिमी छौ र म पो छु त, तिमी नभए मर्छु
आखाँ खोल्दा तिमी आउछौ बन्द गर्दा तिमी
म त केवल शरीर मात्र मेरो प्राण तिमी

तिमी बाहेक............. मेरो साहारा
नजाउ माया............ तिमी टाढा टाढा

अन्धकार थियो मेरो जीन्दगीको यात्रा
उज्यालोले छायो जब आयौ तिमी मात्र
माया वाहेक चाहिदैन मलाइ केवल तिम्रो
खुशी छाइदेऊ आइ माया जीवनमा मेरो

तिमी बाहेक............. मेरो साहारा
नजाउ माया............ तिमी टाढा टाढा

उराठ लाग्छ जीन्दगी यो तिमी विना माया
सधैँ तिमी बसीदेऊ बनी मेरो छाँया
तिमी मेरो जीन्दगीको एउटै मात्र भर
तिमी बाहेक जीन्दगीमा मेरो को नै छर

तिमी हुदाँ पिर व्यथा सवै भुल्ने गर्छु
तिमी छौ र म पो छु त, तिमी नभए मर्छु
आखाँ खोल्दा तिमी आउछौ बन्द गर्दा तिमी
म त केवल शरीर मात्र मेरो प्राण तिमी
Pramod gautam. Powered by Blogger.